अमेरिका । आगामी मे महिनाको २६ र २७ तारिकमा अमेरिकाको टेक्सासमा बौद्धिक भेला आयोजना गरिने भएको छ। गैर आवासिय नेपाली संघ अमेरिकाज् क्षेत्रको संयोजनमा सो भेला आयोजना गरिन लागिएको हो । गैरआवायी नेपाली संघ अमेरिकाज् क्षेत्रका क्षेत्रिय संयोजक गौरीराज जोशीका अनुसार भेलामा अमेरिकामा रहेका नेपाली मुलका वैज्ञानिकहरु, डाक्टरहरु, सफल व्यवसायीहरु, अमेरिकाको राजनीतिमा संलग्न व्यक्तिहरु र अन्य विभिन्न क्षेत्रमा सफल भएका व्यक्तिहरुलाई संलग्न गराईनेछ ।
भेला एनआरएनको उपाध्यक्ष कुमार पन्त संयोजक रहेको एनआरएन एकेडेमीले आगामी अक्टोबरमा नेपालमा गरिने भेलाको मिनि भेलाको रुपमा अमेरिकामा गर्न लागिएको संयोजक जोशीले जानकारी दिए ।






