बङ्लादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई ५ बर्षको जेल सजाय

ढाका । बङ्लादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई ५ बर्षको जेल सजायँ भएको छ । भ्रष्टाचार अरोपमाथि अन्तिम सुनुवाई गर्दै अदालतले उनलाई पाँच बर्ष जेल सजायको फैसला सुनाएको हो। विशेष अदालतका न्यायाधिश मोहम्मद अख्तारुज्जमानले ६३२ पृष्ठ लामो फैसला बिहीबार गरेको अधिकारीहरूले जनाएका छन्।

अदालतले खालिदाका छोरा तारिक्यु रहमानसहित ५ जनालाई दश दश बर्षको जेल सजाय सुनाएको छ। खालिदा जियासहित पाँच जनाविरुद्धको भ्रष्टाचार सम्बन्धि मुद्दा सन् २००८ को जुलाईमा दर्ता भएको थियो। सन् २००१ देखि २००६ सम्म खालिदा बङ्लादेशको प्रधानमन्त्री बनेकी थिइन्।