लन्डन । बेलायतस्थित नेपालीको एउटा सामाजिक एवं च्यारिटेबल संस्था नेपलिज ब्रिटिश कम्युनिटी यूके (एनबीसी यूके) ले सामाजिक काममा सक्रियता अरु बढाएको छ ।
आफ्नो स्थापनाकाल देखि बेलायत तथा नेपालमा विभिन्न सामाजिक तथा मानवीय सेवा प्रदान गर्न अग्रस्थानमा रहेर काम गरिरहेको उक्त संस्थाले अहिले वृद्धवृद्धाहरुका लागि अंग्रेजी भाषा कक्षा र अरुका लागि योगा अभ्यास गराइरहेको छ ।
संस्थाले विगतमा भूकम्प पीडित, अग्नी पीडित र पिछडिएका वर्गलाई गर्दै आएको सहयोगको सर्वत्र प्रशंसा भएको छ । संस्थाले यस वर्ष नेपालको सप्तरीमा बाढी पीडितलाई सहयोग गरेको थियो ।
समाजका विभिन्न पक्ष र विषयहरुमा उल्लेखनीय सहयोग र भूमिका निभाउंदै आइरहेको यस संस्थाले विगतमा बालबालिकालाई निःशुल्क नेपाली भाषा कक्षा सञ्चालन गरेको थियो भने यस वर्ष बिग लोटरीबाट आर्थिक सहयोग प्राप्त गरि वृद्ध वृद्धाहरुका लागि अंग्रेजी भाषा कक्षा र अरु सबैका लागि योगा तथा व्यायाम सञ्चालन गरिरहेको अध्यक्ष मिलन घिमिरेले जनाए ।योगा तथा व्यायाम सञ्चालन गरिरहेको तस्बिरमा हेर्नुस
हप्तामा १ दिन बिहीबार अंग्रेजी कक्षा र १ दिन आइतबार योगा चलिरहेको घिमिरेले बताए । ५० जना जति सहभागी भएको अंग्रेजी कक्षामा ५० वर्ष देखि माथी ८० वर्ष सम्मका वृद्धवृद्धा छन् भने योगामा सबै उमेर समूहको सहभागिता छ ।
स्टेशनरी, प्रशिक्षक, हल भाडा र नास्ताका लागि बिग लोटरीबाट सहयोग प्राप्त भएको छ भने कार्यक्रम संयोजन, व्यवस्थापन, आवश्यक लजिस्टिक सहयोग, समय व्यवस्थापन आदि संस्थाका सल्लाहकार तथा निवर्तमान अध्यक्ष कमलराज खनालले निशुल्क प्रदान गर्नुभएको छ । उहांको संयोजनमा विशेष गरि कार्यसमितिका सचिव चुरामणी रेग्मी, सदस्यहरू राजेन्द्र ओझा, हरिभक्त न्यौपाने, अन्जु सिग्देल र मुना पौडेलले निःशुल्क सहयोग र समय दिनुभएको छ ।
संस्थाका अध्यक्ष मिलन घिमिरेले सहयोगी यी व्यक्तित्वसहित संस्थाका समस्त सल्लाहकार, कार्यसमिति सदस्यहरु, शुभचिन्तकहरु, संचारकर्मी एवं समाजसेवीहरुप्रति हार्दिक आभार व्यक्त गर्नु भएको छ ।
लण्डन । नेपालका प्रथम शहीद लखन थापामगरको १४६ औँ स्मृति दिवस बेलायतमा मनाइएको छ ।मगर संघ युकेले शनिवार आफ्नै भवन फार्नब्रोमा एक कार्यक्रमको आयोजना गरी […]
काठमाडौं। इरानमा जारी सरकार विरोधी प्रदर्शनका विषयमा संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा अमेरिकाले छलफल गर्न बाध्य पारेको भन्दै रुसले आलोचना गरेको छ । कुनै देशको […]
काठमाडौं- मधेस मामिलालाई लिएर भारत नाकाबन्दीको अवस्थासम्म पुगेपछि सरकारले भारतीय राजदूतसँग छलफल गरेको छ । प्रमुख दलको आग्रहमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले सोमबार भारतीय […]