काठमाडौं । चर्चित अन्तर्राष्ट्रिय डीजे मार्समेलोले धोका दिएपछि उनका समर्थकहरुले काठमाडौंको दरबारमार्गमा रहेको नाइट क्लब डेजाभूमा बुधबार मध्यराती तोडफोड गरेका छन् ।
मार्समेलो आउने भनी प्रतिब्यक्ति ४ हजार रुपैयाँसम्म लिएर आयोजकले हजारौं दर्शकलाई टिकट बेचेका थिए ।
तर, राती अबेरसम्म पनि डीजे मार्समेलो क्लबमा देखिएनन् । राती १ बजेतिरमात्र आयोजकले स्वास्थ्यका कारण उनी नआउने जानकारी दिएपछि आक्रोशित दर्शकले क्लबमा तोडफोड गरेका थिए ।






