काठमाडौं- एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखाबाट प्रतिनिधिसभा सदस्यमा वामगठबन्धनका उम्मेदवार पार्वत गुरुङ ५५९५४ मतसहित विजयी हुनु भएको छ ।
गुरुङले नेपाली कांग्रेसका उम्मेदवार रुद्रबहादुर खड्कालाई ३०१५३ फराकिलो मतान्तरले पराजित गर्नु भएको हो ।
दोलखामा गुरुङले ५५९५४ मत प्राप्त गर्नु भएको छ भने खड्काले २५८०१ मत प्राप्त गर्नु भएको छ ।






