काठमाडौं- नेकपा एमाले स्थायी समितिको आवासीय बैठक बस्दैछ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनबारे नयाँ रणनीति बनाउन बैठक बोलाइएको हो ।
पार्टीको निर्वाचन घोषणापत्र तयार गर्न जोरपाटीस्थित गोकर्ण रिसोर्टमा आवासीय बैठक अपरान्ह ३ वजे शुरु हुने र तीन दिनसम्म चल्ने बताइएको छ । यो बैठकले निर्वाचनको भावी रणनीति, बाम गठवन्धनबीचको चुनावी तालमेल, माओवादी केन्द्रसंग सिटसंख्या बाँडफाँड लगायतका विषयमा महत्वपूर्ण निर्णय गर्ने एमालेले जनाएको छ ।
बैठकले आइतबार निर्वाचन आयोगमा बुझाइएको प्रदेश र प्रतिनिधिसभा निर्वाच्नका लागि बुझाइएको समानुपातिकतर्फको उम्मेदवारको बन्दसूचीलाई हेरफेर गरी पूर्णता दिने बताइएको छ ।






