कोमल श्रेष्ठ मल्ल ,
कामाण्डौ । नेपाली साहित्य विकास परिषद्, नेपाल च्याप्टरको वार्षिक साधारण सभा काठमाडौँमा एक भव्य समारोहबीच सम्पन्न भयो ।
उक्त साधारण सभामा संस्थाका अध्यक्ष साहित्यकार इल्या भट्टराईको नियात्रा संग्रह “म साँच्चीकै हराइछु” को पनि विमोचन भएको थियो ।
समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उप–कुलपति डा.विष्णुविभु घिमिरेले इल्या भट्टराईको कृति बेलायत र नेपालबीच सेतु बन्न सक्नेमा आफु विश्वस्त रहेको बताउनुभयो। नेपाल च्याप्टरका अध्यक्ष इल्या भट्टराईले संस्थाले गरेका क्रियाकलाप तथा गतिविधिबारे प्रकाश पार्नु भयो ।
त्यस्तै कृतिमाथि समिक्षा गर्दै समालोचक महेश पौड्यालले नियात्रा कृति उत्कृष्ट रहेको भन्दै नारी नियात्राकार अत्यन्त न्यून रहेको अवस्थामा यस्तो सबल पुस्तक नारी हस्ताक्षरबाट आएकोमा प्रशंसा गर्नुभयो । समारोहमा अर्का समालोचक डा.गोविन्दराज भट्टराईले नियात्रा कृतिले बेलायतको समाज र संस्कृति नेपाली परिवेश सँग तुलना गर्दे लेखिएकोमा मुक्तकण्ठले प्रशंसा गर्नुभयो । उक्त सभामा डा.माधवी भट्टले आफ्नो मन्तव्य राख्दै साधारण सभाको प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभयो । उक्त साधारण सभामा संस्थाका महासचिव हरिशरण लामिछानेले नेपाली साहित्य विकास परिषद् नेपाल च्याप्टरका तर्फबाट आफ्नो प्रतिवेदन पेश गर्नु भएको थियो । त्यसैगरि संस्थाका सल्लाहकार तथा संयोजक वरिष्ठ कवि गोपाल पराजुली,डा.प्रभा कैनी तथा डा. रेणुका थापाले संस्थाको उद्देश्य माथि प्रकाश पार्दै आफ्नो मन्तव्य राख्नुभएको थियो । साधारण सभाको बन्द सत्रमा संस्थाका कोषाध्यक्ष मुक्ति घिमिरेले आर्थिक वर्षको आय व्ययको विवरण पेश गर्नुभएको थियो ।
कार्यक्रममा सत्य निरूपण अायाेगका माननीय सदस्य माधवी भट्ट,डा.देबीप्रसाद सुबेदी, प्रा.डा ज्ञानू पान्डे, प्राज्ञ बियोगी बुढाथोकी, साहित्यकार ध्रुब,निमा वाङग्देल लामा,सापकाेटा,चन्द्रप्रसाद भट्टराई,पवन अालाेक,मुकुन्द न्याैपाने,तारा के.सी,प्रभा भट्टराई,रूद्र अधिकारी,कवि दीपेन्द्र सिंह थापा, इ.दिपक भट्टराई लगायतको उपस्थिति थियो । शिवपुरी सन्देश परिबार नेपाली साहित्य परिषदको उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गरेको थियो । स्मरण रहोस नेपाली साहित्य बिकास परिषद बेलायतमा २०५१ मा स्थापित जेठो नेपाली साहित्यीक संस्था हो ।
हाल संस्थापक साहित्यकार कवि सुरेशजंग शाह अध्यक्ष हुनुहुन्छ ।






