लण्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूकेले प्रदान गर्ने अनेसास सुप्रपमा पुरस्कारका लागि कृतिहरु पठाउन आव्हान गरिएको छ । हरेक वर्ष वितरण गरिदै आएको यो पुरस्कारको सन् २०१७ को लागि कृतिहरु पठाउन अनेसास यूकेले आव्हान गरेको हो । बेलायतमा लेखिएका र सन् २०१७ को जुन महिनादेखि २०१८ को मे महिनासम्म प्रकाशन भएका कृतिहरु पठाउन भनिएको छ । अनेसास यूकेले नेपाली साहित्यका कुनै पनि विधाका सिर्जनाहरु पठाउन सकिने जनाएको छ ।
अनेसास यूके अध्यक्ष सुमल कुमार गुरुङ एबं पुरस्कार संयोजक तथा शाखाका सल्लाहकार डा. रुपक श्रेष्ठले तोकिएको समयभित्र प्रकाशित कृतिहरु भए अनेसास यूकेमा पठाउन बेलायतस्थित सम्पुर्ण सर्जकहरुलाई आग्रह गरेका छन् ।
प्राप्त कृतिहरुमध्ये उत्कृष्ट छनौट हुनेलाई अनेसास सुप्रमा पुरस्कार २०१७ प्रदान गरिनेछ । बेलायती नेपाली डायस्पोराका आदिकवि ईश्वरप्रसाद मानन्धरले आफ्ना स्व पिता सुन्दरप्रसाद मानन्धरको नाममा सन् २०१२ मा अनेसास सुप्रमा पुरस्कार स्थापना गरेका थिए । २ सय ५० पाउण्ड राशीको यो पुरस्कार यसअघि मुकेश राई, दुर्गाप्रसाद पोखरेल, केदार संकेत र कृष्ण बजगाईंले प्राप्त गरिसकेका छन् । ईच्छुक स्रष्टाहरुले आफ्नो कृति निम्नानुसारको ठेगानामा पठाउन सक्ने बताइएको छ ।
7 Upper Town Road Greenford UB6 9J







