एनआरएन यूकेको उपाध्यक्षमा पार्वती गुरुङको उम्मेदवारी

लन्डन– एनआरएन यूकेको उपाध्यक्षमा पार्वती गुरुङले उम्मेदवारी दिएका छन् ।

साउथ इष्ट रिजनल तमुधिं लन्डनकी सह कोषाध्यक्ष तथा सोंपाल समाज यूकेको पूर्व उपाध्यक्ष गुरुङले एनआरएनए यूकेको आगामी निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

आइतबार हिमालय क्लवमा एक पत्रकार सम्मेलन गरि उनले एनआरएन संस्था धनीहरुका लागि मात्र केन्द्रित भएको जनाउँदै आफू कार्यसमितिमा आएपछि यसलाई ‘ग्रासरुट’ लेभलसम्म लैजान पहल गर्ने बताइन् ।