दोस्रो चरणमा पनि शतक पुर्याउने पहिलो पार्टी बन्यो एमाले (कहाँ–कहाँ विजयी ?)

काठमाडौँ– दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा एमालेको अग्रता कायमै रहेको छ । पहिलो चरणमा जस्तै नेकपा एमालेले यसपटक पनि शतक पुर्याउने पहिलो पार्टी बनेको छ ।

पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेले १०१ स्थानमा जीत हासिल गरेको छ । यसमध्ये एमालेले २२ वटा नगरपालिका र ७९ वटा गाउँपालिकामा जीत हासिल गरेको छ ।

नेपाली काङग्रेस ९१ स्थानसहित दोस्रो स्थानमा रहेको छ भने माओवादी ३१ स्थानमा जीत सहित तेस्रो स्थानमा रहेको छ ।

uml data