लण्डनको वेम्ली’ एरिनामा ७ हजार’नेपाली ओइरिए: [भिडीयो सहित]

तस्बिर: एभरेष्ट गौतम/ शिब भण्डारी

लन्डन । लन्डन वेम्लीस्थित विश्वप्रसिद्ध एसएसइ एरिनामा ऐतिहासिक नेपाली कन्सर्ट सम्पन्न भएको छ।

19260615_1304038383048020_4984559122066839173_nसांगीतिक कार्यक्रमका लागि विश्वमै ‘आइकोनिक भेन्यू’ मानिन्छ वेम्ली एरिना अन्तर्राष्ट्रिय मञ्चमा शनिबार सांझ नेपाली गीत संगीत गुन्जियो ।झण्डै ७ हजार नेपाली युवा ओइरिए ।

एकैपटक चार वटा नेपाली ब्याण्डले आफ्नो कला प्रस्तुत गरेर नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रिय उचाईंमा पुरयाउने प्रयास गरे । युवा मनका ढुकढुकी गायक बिपुल क्षेत्री (ट्राभलिङ ब्याण्ड), अल्बाट्रोस, कुटुम्ब अनि एज ब्याण्ड गरि चारवटा सांगीतिक समूहले एउटै प्लेटफर्ममा गीत संगीत प्रस्तुत गर्दा युवा दर्शकले संगै गाएर नाचेर साथ दिए ।19366373_1304040773047781_3214665126608664162_n

कार्यक्रमको शुरुमै नेपाली लोक बाजाको उत्थानमा समर्पित लोकप्रिय ब्याण्ड कुटुम्बले असारै महिनामा, रातो र चन्द्र सूर्य, सोध रामलाई लगायत गीत संगीत र धुन प्रस्तुत गरेर दर्शकलाई ‘वार्म अप’ गराएको थियो । कन्सर्टमा गायक विपुल क्षेत्रीको युवा क्रेज अत्यधिक देखियो । क्षेत्रीले डढेंलो लाग्यो, अल्लारे यो जोवन, सिरिरी हावा बग्यो सुस्तरी, भेट भयो आज हामी लगायत आफ्ना कयौं हिट आइटम प्रस्तुत गरे । एज व्याण्डको प्रयास हो मेरो, नचाहेको होइन तिमीलाई…गीत देखि अल्बाट्रोसको रक म्यूजिकमा झुम्मिने दर्शकको कमी रहेन ।

नेपालीले वेम्ली ऐरिनामा हत्तपत्त आंट्न नसक्ने उक्त कार्यक्रम समिर गुरुङ, दीपेन्द्र लामा, सिद्धार्थ गुरुङ, कपिल गुरुङ, प्रशासन गुरुङ लगायतको संयुक्त प्रयासमा भएको हो ।

उक्त कार्यक्रम कार्यक्रमका  उत्साहित र भब्य सम्पन्न भएको आयोजक पर्चा प्रोडक्सनका सिइओ समिर गुरुङले लण्डन नेपाल न्यूज संग को  कुराकानी मा बताए। ।19146194_1304040186381173_7877235286264628504_n