पोर्चुगलको जंगलमा भीषण आगलागी, ४३ जनाको मृत्यु

पोर्चुगलको दक्षिण पूर्वी कोइम्ब्रामा भएको आगलागीका कारण जंगल पूर्णरुपमा ध्वस्त भएको छ ।  पोर्चुगलको मध्यभागको जंगलमा फैलिएको आगोका कारण कम्तीमा ४३ जनाको ज्यान गएको र ५९ जना घाइते भएको अधिकारीहरुले बताएका छन्।
घाइते हुनेहरुमा केही अग्नि नियन्त्रक पनि रहेको बताइएको छ।(FOCUS)CHINA-TAIWAN-NEW TAIPEI-PARK FIRE(CN)
कुइम्ब्रदेखि ५० किलोमिटर दक्षिणपूर्वमा अवस्थित पेद्रोगाओ ग्रान्दे क्षेत्रबाट अन्यत्र कारमा भाग्ने क्रममा अधिकांश मानिसको मृत्यु भएको सरकारले जनाएको छ।
 पेद्रोगाओ ग्रान्दे जिल्लामा वनमा आगलागीमाझ फसेको एक गाडीमा रहेका १६ जनाको ज्यान गएको छ। अन्य तीनजनाको चाहिँ एक चिहानस्थल नजिकै सम्भवतः धुवाँले निसास्सिएर ज्यान गएको छ।
आगलागीको कारण अहिलेसम्म थाहा हुन सकेको छैन।