लण्डनको नेपाली राजदुतावासमा सभामुख सुवास नेम्बाङको राजीनामा माग्दै ज्ञापनपत्र बुझाइएको छ । नेपाली संघीय समाज युकेको लगभग २ दर्जन प्रतिनिधीहरुले गत माघ ११ का दिन सभामुख नेम्बाङले आफ्नो हैसियत र जिम्मेवारी बिर्षिएर जर्बरजस्त प्रस्ताव निर्माण बिशेष समिति घोषणा गरे संगै मुठभेठ र गृहयुद्धको शुरुवात भएको दावी गर्दै नेम्बाङको राजीनामाको माग गरेको हो । सहमति बेगर अगाडि बढेको कारण सभामुख प्रति अब जनताको विश्वास नरहेको उल्लेख गरिएको छ । काँग्रेस र एमालेले राज्यबाट पछाडि पारिएकालाई अधिकार दिन नचाहेकोमा समाजले खेद ब्यक्त गरेको छ । सहमतिको दस्तावेजको रुपमा संविधान बन्नुपर्ने भएकोले अबिलम्ब सहमतिको बातावरण बनाउन पनि माग गरिएको छ । समाजले अघिल्लो संविधानसभाको राज्य पूर्नसंरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले बैज्ञानिक अध्ययन गरि प्रस्ताव गरेको १४ प्रदेश ब्यवस्था हुनुपर्ने पनि माग गरेको छ ।
कार्यबाहक राजदुत तेजबहादुर क्षेत्रीलाई ज्ञापनपत्र हस्तान्तरण गर्नुअघि महासचिव विश्वासहाँङ खेवाहाँङले उक्त पत्रलाई पढेर सुनाउनु भएको थियो भने ज्ञापनपत्रको औचित्यको बारेमा अध्यक्ष धर्मबहादुर तामाङले बोल्नु भएको थियो । राष्ट्रपतिलाई सम्बोधन गरि लेखिएको उक्त ज्ञापनपत्रलाई तत्कालै सम्बन्धित निकायमा पठाउने कार्यबाहक क्षेत्रीले बताउनु भयो ।
सभामुख नेम्बाङको राजीनामा माग्दै लण्डन दुतावासमा ज्ञापनपत्र






