काठमाडौं– काभ्रेको धूलिखेल र भक्तपुरको सूर्यविनायक नगरपालिकामा एमालेले मेयर उपमेयर नै जितेको छ ।
धूलिेखमा एमालेका अशोक व्याञ्जु ७९८१ मतसहित निर्वाचित भए भने कांग्रेसका रमेशप्रसाद हुमागाईँले ५९०८ मत पाए ।
उपमेयरमा एमालेका विमला शर्माले ६७२३ र नेपाली कांग्रेसका निर्मला योगल श्रेष्ठले ४९४० मत पाइन् ।
यसैबीच, भक्तपुरको सूर्यविनायक नगरपालिका प्रमुखमा नेकपा ९एमाले०का वासुदेव थापा र उपप्रमुखमा एमालेकै जुना बस्नेत विजयी हुनुभएको छ ।
आज बिहान ४ बजे निर्वाचन अधिकृत दुर्गादेवी गुरुङले सार्वजनिक गरेको मतपरिणामअनुसार नगरप्रमुखमा एमालेका थापाले १२ हजार ८८६ र उपप्रमुखमा बस्नेतले १२ हजार ८३२ मत प्राप्त गरी विजयी भए ।
नगरप्रमुखमा थापाका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विष्णुराज कार्कीले १० हजार १६५ र उपप्रमुखमा काँग्रेसकै कल्पना राजथलाले आठ हजार ९०२ मत प्राप्त गरे ।






