लण्डन । डा. बच्चु कैलाश कैनी वेलायतमा आगामी जुन ८ मा हुन गईरहेको आम निर्वाचनमा लेबर पार्टीका तर्फबाट संसदीय निर्वाचनको उम्मेदवार बन्ने भएका छन् ।
वेलायतको प्रमुख प्रतिपक्ष दल लेबर पार्टीले तोकेको योग्यता पुगेका योग्य सदस्यहरुबाट संसदीय निर्वाचनमा चुनावमा उम्मेदवार हुन चाहेनेले आवेदन मागेकोमा डा कैनीले समेत आवेदन दिएका थिए।
उम्मेदवारी चयनको प्रारम्भिक प्रकृयामा उक्त क्षेत्रबाट डा कैनी सहित जम्मा तीन जनाको आवेदन परेको थियो । पहिलो चरणमा पार्टीले डेइजी पेजलाई चयन गरे पनि उनले स्वइच्छाले आफ्नो उम्मेदवारी फिर्ता लिए पछि पार्टीले कैनीलाई अन्तिम उम्मेवार बनाउने निर्णय गरेको हो।
तनहुँको कमलाबारीमा जन्मिएका डा. कैनी अहिले क्वीन एलिजाबेथ अस्पताल, लन्डनमा बरिष्ठ ब्यबस्थापकको रुपमा कार्यरत छन। बेलायतमा नेपाली समुदायकाबीच चिर परिचित र सक्रिय डा. कैनी समसामयिक बिषयमा विभिन्न पत्रपत्रिकामा लेख रचनाका साथै कथा र कबिता समेत लेख्छन्।






