जमुना पुन, बेलायत
फोनिज युकेको अधिवेशन २८ अक्टोबरमा गरिने भएको छ । फोनिजको शनिबार ८ अगष्टमा मगर भवन, फार्नबोरोमा सम्पन्न भएको बैठकले २४ अक्टुबरका दिन फोनिज युकेको तेस्रो अधिबेशन हुने निर्णय गर्नुको साथै तेस्रो अधिवेशनको लागि निर्वाचन मण्डल पनि गठन गरेको छ। निर्बाचन मण्डलको प्रमुख संयोजक संस्थाका प्रमुख सल्लाहकार मे.रि. सोनाम शेर्पालाई चयन गरेको छ भने सदस्यहरु सल्लाहकारहरु बिमला सेने र नरेश खपांगीलाई चयन गरेको छ। उक्त बैठकले फोनिज युकेको तेस्रो अधिवेशन नयाँ प्राबिधि जुम तथा भर्चुलद्वारा हुने निर्णय भएको छ।
बैठकले सदस्यता नबिकरण र नयाँ सदस्यको लागि सदस्यता वितरण गर्ने निर्णय गरेको छ भने सदस्यता नबिकरण र नयाँ सदस्यको लागि सदस्यता लिनको लागि अन्तिम मिति शनिबार १० अक्टोबर २०२० टोकेको छ। सदस्यता नबिकरण र नयाँ सदस्यको लागि सदस्यता शुल्क २०पाउण्ड लिने निर्णय गरेको छ। सो बैठकमा संस्थाका अध्यक्ष प्रमिला लाबुङ राईले फोनिज युकेले नेपालमा रहेका आदिबासी जनजाती पत्रकारहरुको लागि स्थापना गरिएको रु पाँच लाखको अक्षयकोषको बारेमा बिशेस बिबरण प्रस्तुत गरेका थिए । बैठकमा कोषाध्यक्ष गोमा रानाले संस्थाका आर्थिक प्रतिबेदन पेश गरेका थिए भने बैठकमा उपस्थित सदस्यहरुले फोनिज युकेको विभिन्न बिषयहरुको बारेमा व्यापक छलफल गरेको छ।
प्रमिला लाबुङ राईले अध्यक्षता गरेका बैठकमा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष नगेन्द्र नेम्बाङले दिएका थिए। सस्थाका महासचिब जमुना पुनले कार्यक्रम संचालन गरेको बैठकमा सल्लाहकारहरु मे. रि. सोनाम शेर्पा, दुत पुन , बिमला सेने कार्यसमितिका पदाधिकारीहरु अध्यक्ष प्रमिला लाबुंग राई, उपाध्यक्ष नगेन्द्र नेम्बांग, महासचिब जमुना पुन, कोषाध्यक्ष गोमा राना, सचिब भिमल राई, सदस्यहरु होम किरात सुनुवार र मुकेश राईको उपस्थिति रहेको थियो।
फोनिज युकेको तेस्रो अधिवेशन २४ ओक्टुबरमा






