लन्डन । अल्डरसटको एम्पायर हलमा मिस यूके नेपाल २०१६ विजेता टिमले शनिबार सांझ एक च्यारिटी डिनर कार्यक्रम गरेका छन् । ब्युटी वीथ अ परपोज नाम दिइएको उक्त च्यारिटी कास्कीको माछापुच्छ्रे गाउंमा हेल्थ पोस्ट निर्माण सहयोगार्थ गरिएको हो ।
पांचौं ब्युटी वीथ अ परपोज कार्यक्रम नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरण र समाजसेवी नन्दकुमारी गुरुङले संयुक्त रुपमा उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्वोधन गर्दैै प्रमुख अतिथी आरणले मिस यूके नेपाल टिमको च्यारिटी कार्यको प्रशंसा गरे ।
कार्यक्रममा सुरक्षा राना, टेनिसा राना, मिनी राना, दिप्ती सापकोटा, ओम साइ राना, आरती गुरुङ, पुनम गुरुङ, सविता राना, पवित्रा थापा, विभिया श्रेष्ठ, रिया, अस्मी थापामगर, ममता गुरुङ, प्रतिष्ठा त्रिपाठी, पारिका आले, काजोल गुरुङ, ओजिफा बेगम लगायतले नाच प्रस्तुत गरेका थिए भने सुदीप लिम्बु, बिवेक मादेन, बिदुर मादेन, भिम थापामगरले गायन र दिनेश रोका एवं अदिप रानाले उत्प्रेरणा जगाउने प्रवचन दिएका थिए ।
उक्त कार्यक्रम टेनिसा, प्रशङसा, विभिया, अलिसा, आरती गुरुङ, लक्ष्मी राईले सञ्चालन गरेका थिए ।
तस्विरहरुः मिलन तमु








