धनुषा, २७ चैत । धनुषामा एक बालिकालाई दुई जनाले पटकपटक सामूहिक बलात्कार गरेको रहस्य खुल्न आएको छ ।
धनुषाका जनकपुर उपमहानगरपालिका–१७ लोहनामा नौ वर्षीया बालिकालाई प्रलोभनमा पारी पटकपटक बलात्कार गरेको घटना बाहिर आएको हो ।
बालिकालाई बलात्कार गरेको आरोपमा वडा नं १७ कै ६१ वर्षीय वृद्ध सहदेव मण्डल र ४५ वर्षीय चलित्तर मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।
गाउँमा आमा र आफ्नो दुई बहिनीसँग बस्दै आएकी ती बालिकालाई आफ्नै छिमेकी रहेको आरोपित दुई जनाले प्रलोभनमा पारेर पटकपटक यौनशोषण गरेको घटना बाहिर आएको हो ।
घरमा एक्लै हुँदा ती बालिकालाई छिमेकी ६१ वर्षीय सहदेव मण्डल र ४५ वर्षीय चलित्तर मण्डलले पटकपटक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय धनुषामा दिइएको किटानी जाहेरीमा उल्लेख गरिएको छ ।






