विशालले तताए मिडल्याण्ड :(फोटो फिचर)

 पीटरवरो,

गत सात मिडल्याण्ड बासी नेपालीहरु एउटा फरक खालको सङ्गितिक साझको साक्षि बने। रमाए गाए झुमे अनि नाचे। यता लण्डनमा नेपथ्यको कन्सर्ट भएको पर्सिपल्ट सदाबहार नेपाली गीतहरुको अकोस्टिक साझ मिडल्याण्डको लेसेस्टर स्थित एभरेस्ट डाइनको हलमा भएको थियो।

युकेका नेपालीहरु माझ आफ्नो साङ्गितिक प्रस्तुतीका कारण बिस्तारै लोकप्रिय बन्दै गरेका विशाल रेग्मीको प्रस्तुतीलाई उपस्थित श्रोता दर्शकहरुले निकै प्रसम्सा गरे। बिदेश तिर हुने प्राय साङ्गितिक प्रस्तुतिहरुमा कलाकारहरुले ट्र्याक बजाएर गीत गाउने गर्दछ्न।

विशालले लण्ड्नको प्रसिद्द नेपाली ब्यण्ड इन्क ब्रद्रर सङ्ग मिलेर लाइभ म्युजिकमा नया तथा पुराना नेपाली गीतहरु गाएका थिय। लिड गिटार बेस गिटार क्यजोनमा यसरी गरिने लाइव प्रस्तुतीलाई नै अकोस्टिक भनिने उनि बताउछन। “जहाँ छन बुद्दका दुई आँखा” बोलको गीत गाएर कार्यक्रमको सुरुवात गरेक विशालले अषाढे महिनामा, केही मीठो बात गर, उकाली ओरालीहरुमा, सुन कथा एउटा गीत लगायत थुप्रै गीतहरु गाएर अढाइ घन्टा सम्म श्रोताअ दर्शकहरुलाई मनोरन्जन गराउन सक्षम भएको थिय।

सो सङ्गितिक कार्यक्रमको उदघोषण नृपेश उप्रेतीले उदघोषण गर्नु भएको थियो भने इन्क ब्रदर्सको पनि आफ्नो इन्सट्रुमेनट्ल प्रस्तुतीले पनि सबैको मन जितेको थियो। अतिथी कलाकार रुपामा चर्चित गायक सुमेर ज्ञावलीलाई निम्ताइएको थियो। लाइव म्युजिकमा नारायण गोपालको मलाइ नसोध कहा दुख्छ घाउ गाएर श्रोताहरुको वन्स मोर र वाह वाही पाउन उहाँ सफल हुनु भएको थियो।

ब्रिटेन गट ट्यलेन्टका नोमिनी तथ पप आइडलका सेमि फाइनलिस्ट विशाल उपस्तिथित श्रोता र दर्शकहरुबाट पाएको प्रतिक्रियाहरु बाट निकै उत्साहित बनेका छन। स्टार परिवार एवार्ड्मा समेत आफ्नो प्रस्तुती दिएका विशाल नेपाली समुदायहरु बाट माग भए आगामी दिनहरुमा पनि यस्ता पृथक प्रस्तुतीहरु दिदै जाने।

हिन्दी भाषाका गीतहरु गाउन पनि उत्तिकै पोख्त उनी मिड्ल्याण्ड र वरपरका इण्डियन र पाकिस्तानी समुदायमा निकै चर्चित छ्न। उनीहरुको समुदायमा हुने उत्सवहरुमा गीत गाउनको निम्ति उनी प्राय निम्ताइएका हुन्छ्न।NR 1NR6NR 6NR5NR4NR2