प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपतिबीच भेट

k|wfgdGqL / >LnªsfnL /fi6«kltaLr e]6jftf{k|wfgdGqL k'iksdn bfxfn / >Lnªsfsf /fi6«klt d}qLkfnf l;/;]gfaLr cfOtaf/ uf]jfsf] lnnf xf]6ndf e]6jftf{ x'Fb} . tl:a/ M s[i0f clwsf/L, uf]jf-ef/t_, /f;;

काठमाडौं – भारतको गोवामा जारी ब्रिक्स–बिम्सटेक सम्मेलनबीच प्रधानमन्त्री पुष्पकमल दाहाल र श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेनाबीच आइतबार साइडलाइन वार्ता भएको छ ।

भेटवार्ता क्रममा दुई नेताले दुई देशबीच विभिन्न आयाममा सहकार्यको सम्भावनाबारे चर्चा गरेका थिए । त्यस्तै दुई देशबीच सांस्कृतिक र धार्मिक समानताको विषयमा पनि चर्चा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । विशेष गरेर बौध धर्मको प्रबद्र्धनको बारेमा दुई नेताबीच छलफल भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आजको भेटवार्तामा हवाई सञ्जाल विस्तार, तेस्रो मुलुकमा हुने महिलाहरुको तस्करी रोक्ने विषयमा सहकार्य गर्ने लगायतका विषयमा छलफल भएको थियो ।

थापालाई दिइएको मृत्युदण्ड फैसलाबारे पुनर्विचार गर्न आग्रह
प्रधानमन्त्रीले लागुऔषधको अभियोगमा श्रीलङ्काले ललितपुरका चेतबहादुर थापालाई दिएको मृत्युदण्डको फैसलाबारे पुनर्विचार गर्न राष्ट्रपतिसँग अनुरोध गरे ।

गोवाको लीला होटलमा आज भएको भेटमा प्रधानमन्त्री दाहालले भौगोलिक दृष्टिले नेपाल र श्रीलङ्का केही टाढा रहे पनि दुवै देशले दक्षिण एसियाको विकास र सम्बन्धमा मिलेर भूमिका खेल्नुपर्नेमा जोड दिए । सार्क शिखर सम्मेलन शीघ्र आयोजना गर्नुपर्नेमा जोड दिँदै उनले त्यसका लागि सार्क राष्ट्रबीच साझा धारणा रहनुपर्ने बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुई दिने सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड शनिबार गोवा पुगेका हुन् ।

यस क्रममा उनले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र चिनियाँ राष्ट्रपति सि जिनपिङसँग शनिबार नै भेटवार्ता गरिसकेका छन् ।

आज उनले भारतीय प्रधानमन्त्री मोदीसँग पनि छलफल गर्ने छन् ।