भुटानका समकक्षीसँग प्रधानमन्त्रीको विमानमा सेल्फी, गोवामा छलफल !

काठमाडौँ – भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग विमानमा खिचेको सेल्फी सेयर गरेका छन् । दुवै प्रधानमन्त्री भारतको गोवामा जारी ब्रिक्स–विम्सटेक आउटरिच सम्मेलनमा भाग लिन गइरहेका थिए ।

नेपाल वायुसेवा निगमको विमानबाट प्रधानमन्त्री दाहाल आजै विहान दिल्ली पुगेका थिए ।

दिल्लीबाट नेपालका प्रधानमन्त्री दाहाल र भुटानका प्रधानमन्त्री छिरिङ्ग तोग्बेलाई संगै राखेर एयर इन्डियाको जहाजमा गोवा पुर्याईएको थियो ।