मन्त्री थप्ने तयारीमा प्रधानमन्त्री

काठमाडौं– सत्ता गठबन्धन दुई दल कांग्रेस र माओवादी केन्द्रले बाँकी रहेको चार मन्त्रालय बाँडफाँडको तयारी गरेका छन् ।

चारमध्ये एक कांग्रेस र एक माओवादी केन्द्रले लिनेछन् भने बाँकी दुई मन्त्रालय मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका लागि खाली राख्ने तयारी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयका अनुसार प्रधानमन्त्री अहिले चार मन्त्रालय आफैँसँग राख्नुभन्दा मन्त्री थप गरेर सरकारलाई पूर्णता दिने पक्षमा रहेको छ ।

अहिले प्रधानमन्त्रीसँग खानेपानी तथा सरसफाइ, पशुपक्षी विकास, महिला बालबालिका तथा समाजकल्याण र विज्ञान तथा प्रविधि मन्त्रालय छ ।