क्यानडामा आँधी, लगाइयो संकटकाल

ओटावा – क्यानडाको पश्चिमी प्रान्त कोलम्बियामा संकटकाल घोषणा गरिएको छ ।

आँधीपछि सडक र रेल मार्ग अवरोध हुँदा संकटकाल घोषणा गरिएको हो ।  कोलम्बियामा मंगलबार राती ठूलो आँधी आएको थियो ।  आँधीपछिको पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका थिए ।

आँधीका कारण देशको सबैभन्दा ठूलो बन्दरगाह भ्यानकुभरसम्म पुग्ने बाटो अवरुद्ध छ । विपद् प्रभावित क्षेत्रका बासिन्दाको सहयोगका लागि ठूलो संख्यामा सुरक्षाकर्मी खटिएका छन् ।