फेरि आमरण अनसन बस्ने गोविन्द केसीको घोषणा

काठमाडौं – प्राध्यापक डाक्टर गोबिन्द केसीले फेरि पनि अनसन बस्ने घोषणा गरेका छन् ।

यसअघि सडक केन्द्रीत आन्दोलन गर्दै आएका केसीले एक वक्तब्य मार्फत सरकारलाई आफ्नो माग पूरा गर्न ८ दिनको अल्टिमेटम दिँदै सो अवधिमा माग पूरा नभए असोज तीन गतेदेखि नवौं पटक अनसन बस्ने घोषण गरेका छन् ।

चिकित्सा क्षेत्रमा व्यप्त विकृतिका साथै अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्व महाअभियोग प्रस्ताव लगाइनुपर्ने लगायतका उनको पूरानै माग रहेका छन् ।