लन्डन । धादिङमा सर्वाधिक राशीको फुटबल प्रतियोगिता हुने भएको छ ।विद्यार्थी उपकार संघ पातले– १ धुँवाकोटका संस्थापक अध्यक्ष मानबहादुर तामाङ र संस्थापक सदस्य मानसिंह च्यूरुरुको सम्झनामा माघ १६ गतेदेखि २४ गतेसम्म प्रतियोगिता हुने आयोजकले जनाएका छन् ।
प्रतियोगिता धादिङ र नुवाकोटका ५० भन्दा बढी टिमको सहभागिता रहने बताइएको छ । विभिन्न देशमा रहेका धादिङवासी नेपालीले दुई वर्षअघि नै ६ लाख रुपैयाँ संकलन गरेर मानबहादुर ट्रस्ट स्थापना गरेका थिए ।
कार्यक्रम समापनमा दोहोरी गायक वीरु लामा, मेलिना तामाङ, विनोद तामाङको सांगीतिक प्रस्तुति रहेको बेलायत संयोजक एवं धादिङ नुवाकोट समाज यूकेका सचिव धनबहादुर तामाङ (Dave) ले जानकारी दिए ।
कार्यक्रमलाई भब्यरुपमा सफल बनाऊंन सबै संघ , संस्था , ब्यक्ति जो कसैले जहाँबाट जे जती सकिन्छ, आफ्नो गच्छे अनुसार आयोजक समितिलाई हैस्टेमा हौस्ते गरी यस पुनित कार्यमा साथ दिन अपिल समेत गरेका छन् ।






