के माधव नेपालले ‘ड्यामेज कन्ट्रोल’ को राजनीति शुरु गरेका हुन् ?

काठमाडौं– शुक्रवार राजधानीमा एमालेको केन्द्रीय युवा तथा खेलकुद विभागलेले आयोजना गरेको कार्यक्रममा प्रमुख अथिति थिए, पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपि शर्मा ओली । सभागृह एमाले कार्यक्रताले भरिभराउ थियो । केहि दिन पहिला भएको स्थायी समितिको बैठकबाट एमालेमा गुट सकिएको घोषणा गरिएको थियो, तर शुक्रवारको कार्यक्रमको सहभागिताले त्यस्तो संकेत दिएको थिएन । सभागृहको हलमा एमालेका अन्य ठूला नेताहरु कोही थिएनन् । मन्चमा आसन ग्रहरण गर्नेमा सबै ओली समुहका नेताहरु थिए ।

एक महिना पहिला प्रधानमन्त्रीबाट राजीनामा दिएका ओलीले आफुलाई प्रधानमन्त्रीबाट हटुन परेको कारण खुलाउदै सम्बोधन गरे । संबोधनको सुरु देखि अन्तसम्म ओलीले आफुलाई ‘एक नम्बरको राष्ट्रवादी’ भएको कुरा शब्द–शब्दमा भनिरहे ।

आक्रामक ओली : प्रधानमन्त्रीको मयुर नाच, मधेशवादी नन्दी भिरिङ्गी, दीपकुमार देशबिरोधी
ओलीको सम्बोधनको सुरुको वाक्य थियो, ‘नेपालीहरुमा स्वाभिमानको चेतना पहिला भन्दा धेरै माथि उठेको छ ।’ यसो भन्दा हलमा ताली बज्यो । सम्बोधन अधिकांस समय छिमेकी भारतको विरुद्ध बोलेर ताली बटुलेका थिए उनले । उनको राजीनामा पछि बनेको प्रचण्ड नेतृत्वको सरकार पनि भारतले नै बनाइ दिएको व्यङ्ग गरेका थिए । प्रचण्ड नेतृत्वको सरकारलाई आईफोनसंग जोड्दै भनेका थिए ‘डिजाइन इन डट डट डट डट एसम्बेलिङ इन नेपाल ’ ।

उनले प्रधानमन्त्रीको संसदमा गरेको संबोधनलाई पनि अरुले बनाइ दिएको भन्न पछि परेनन् । यति भने पछि ताली र हल्लाले सभागृह नै थर्केको थियो । उनले भारतले आफ्नो बाटो छेकेको बताए । उसले बाटो छेक्दा आफुले नयाँ बाटो खोलेको र त्यो बाटो खोलेको कसैलाई मन नपरेको भन्दै सबैको आलोचना गरे । ‘मैले राष्ट्रको पक्षमा अडान लिए । त्यहि भएर सबै मिलेर मलाइ हटाइदिए ।’

उनले हरेक शब्द–शब्दमा भारतको उच्चारण गरी र नगरी दुबै तरिकाले भारतलाई हमला गर्न छोडेनन् । उनले जति भारतलाई आरोप प्रत्यारोप गर्थे, त्यति नै हल एमाले कार्यक्रर्ताका ताली, सिट्टी र होहल्लाले गुन्जन्थ्यो । ओली केहि मुसुमुसु हास्दै केहि समय चुप लाग्थे । ‘पहिला त अर्काकालागि काम गर्नेले मुख लुकाएर गर्थे, लाज सरम मान्थे । तर अहिले छाती चौडा गरेर अर्काको लागि काम गर्छन ।’
उनले अहिलेकालाई लाजसरम नभएको बताए । भारतले अहिले नेपाललाई घेराबन्दीमा पारेको बताए । आफुलाई सरकारबाट हटाएपनि कर्तव्य र उद्देश्यबाट हटाउन नसक्ने बताए ।
ओलीको सम्बोधनले कार्यक्रताहरु पनि निकै उत्साहित देखिन्थे । जति कार्यक्रर्ता उत्साहित हुन्थे त्यति नै ओली पनि भारतविरोधी शब्द बाण छोड्थे । संविधान संशोधन पनि नेपालको नभएर अरुकै एजेण्डा भएको ओलीको आरोप थियो । उनले मधेशवादी नेताहरुलाई ‘शिवजीको जटा खोल्दा झरेका नन्दीभिरङी’ को संज्ञा दिए । भने ‘जब शिवजीले जटा खोल्थे त्यहाँ बाट नन्दीभिरङी खस्थे । त्यसरी नै अहिले खसि राखेका छन् र नाचिरहेका छन् ।’

शब्द शब्दमा आलोचना गरेको भारतसंग आफुले राम्रो सम्बन्ध राख्न चाहेको पनि ओलीको भनाई थियो । तर भारतले नेपालको स्वाभिमान स्वीकार गर्नुपर्ने ओलीको भनाई थियो । ‘यदि भारतले यस्तो गर्न सक्दैन भने पनि हामी तर्फ हात नबढाए भयो । ’ ओलीले भने ।

ओलीले आफ्नो राष्ट्रवादलाई मजुवत देखाउन उखान टुक्का देखि शिशिर योगीको गित सम्मको सहारा लिए । उनले आफुलाई नै केन्द्रमा राखेर शिशिर योगीको ‘यो देशमा म एउटा मान्छे खोजिरहेको छु’ गाए पनि । जुन बिषयमा कार्यक्रम आयोजना गरिएको थियो, त्यो बिषयमा भने ओलीले केहि पनि बोलेनन् ।

आफुलाई सरकारबाट हटाउन भारतले मुख्य भूमिका खेलेको तथा त्यसमा काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड प्रयोग भएको ओलीको बुझाई छ । अझ् उनले फिर्ता बोलाएका राजदूतलाई प्रचण्ड सरकारले फेरि पठाने निर्णय गरेपछि ओली थप चिडिएका छन् ।

ओलीले भारतलाई शब्द शब्दमा आलोचना गरेको आवाज राजधानीमा गुन्जयमान थियो । मिडिया कभरेज थियो ।

तर, उनकै पार्टीका अर्का बरिष्ट नेता माधबकुमार नेपालले भने आफ्नै निवासमा भारतीय राजदूतसँग दुई देशवीचको सम्बन्ध सुधारका बारेमा छलफल गरिरहेका थिए ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले पार्टी नेतृत्वको कारण भारतसँगको सम्बन्ध खराव हुँदै गएको महसुस गरेको देखिनथ्यो । उनी सम्बन्ध सुधारको पक्षमा देखिएका हुन सक्छन् । ओलीले सरकार र पार्टीलाई गुटको रुपमा चलाएको भनेर नेपालले संसदमा बोल्दा नै असन्तुष्टि राखेका थिए ।

भारतको चर्को आलोचना गरेर ओलीले करिब ४० मिनेट खर्चेका थिए । उता नेपालले भने भारतीय राजदूतलाई आफ्नै निवासमा बोलाएर दुई देश बिच बिग्रेको सम्बन्ध सुधारमा छलफल गरेका थिए ।

एमाले नेता नेपाल र भारतीय राजदूत रायबीच शुक्रबार साँझ भेटवार्ता
ओलीले सरकार र प्रधानमन्त्री प्रचण्डको पनि आलोचना गरेका थिए । तर, शनिवार विहान प्रधानमन्त्री प्रचण्ड र एमाले वरिष्ठ नेता नेपालवीच भेट भयो ।