लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको अध्यक्षमा पुनम गुरुङ निर्वाचित भएकी छन् । प्रतिस्पर्धी शेर बहादुर सुनार संग २ सय ३ मतको अन्तरले पुनम अध्यक्ष बन्न सफल भएकी छन् । गत आइतबार बिहान सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार अध्यक्ष निर्वाचित पुनमले ४५५१ मत प्राप्त गरेकी छन् भने सुनारले ४३४८ मत पाएका छन् ।


नवनिर्वाचित एनआरएन युके अध्यक्ष पुनम गुरुङ नेतृत्वले आईतवार एक समारोहबीच शपथ लिएको छ । निर्वाचन समितिका प्रमुख संयोजक डमर घलेले नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
त्यसैगरी, उपाध्यक्षमा प्रेम गाहामगर र सुनिलबाबु खड्का, महिला उपाध्यक्षमा रोजिना प्रधान राई, महासचिवमा फडिन्द्र भट्टराई, सचिव जित रानाभाट र कोशलेश्वर (कृष्ण) ढकाल, महिला सचिवमा रन्जिता मल्ल, कोषाध्यक्षमा तेजेन्द्र रोका, सह-कोषाध्यक्ष शकुन्तला गुरुङ, युवा संयोजकमा नवीन गुरुङ, महिला संयोजकमा प्रसुना कँडेल निर्वाचित भएका छन्। सदस्यहरुमा सरस्वती केसी, अमृता गिरी, गोमा पौडेल, प्रकाश कँडेल, कोपिला वनेम, लालबहादुर गुरुङ, कृष्णप्रसाद खरेल, डा. सुनिलकुमार शाह, हेमबहादुर लिम्बु, चन्द्रकला लिम्बु, तारामैया गुरुङ र ज्ञानेन्द्रबहादुर आले मगर विजयी भए ।
आइसीसी सदस्यमा लिलादेवी गुरुङ, सुशीला राई, योगकुमार फगामी, दयानिधि सापकोटा, ललितकुमार न्यौपाने, अर्कराज तिम्सिना र सुरोज मास्के निर्वाचित भएका छन् । इङ्ल्यान्ड राज्य परिषद अध्यक्षमा दीपक श्रेष्ठ र स्कटल्याण्ड राज्य परिषद अध्यक्षमा छविलाल अर्याल निर्वाचित भए । वेल्स राज्य परिषदमा अध्यक्ष कृष्णप्रसाद भण्डारी र नर्दन आयरल्याण्ड राज्य परिषद अध्यक्षमा नारायणबहादुर कुँवर निर्विरोध निर्वाचित भएका छन् ।
शपथ तथा घोषणा सभामा शेरबहादुर सुनार समूहको तर्फ बाट १ जना पनि सहभागी न भएको कार्यक्रममा केन्द्रिय उपाध्यक्ष कुल आचार्य, सह-कोशाध्यक्ष सोम सापकोटा, सल्लाहकार डा. हेमराज शर्मा, युरोप महिला सह-संयोजक संगीता मरहट्ठा, आइसीसी सदस्य रामशरण सिम्खडा लगायत सहभागी थिए ।






