बेलायतका विभिन्न क्षेत्रमा विदुषी माता सपना देबिले धार्मिक प्रवचन दिने

शिब भण्डारी

लन्डन। अन्तर्राष्ट्रिय भागवत कथावाचिका विदुषी माता सपनादेवी श्रेष्ठ बेलायत आइपुग्नु भएको छ । माता संगै उहाका सहयोगी एबम कार्यक्रम संयोजक केदार तिमल्सिना पनि बेलायत आइपुपुग्नु भएको छ।

विदुषी माता श्रेष्ठ दोस्रोपटक बेलायत आउनु भएको हो,यस अघि लण्डनको प्लमस्टिडस्थित अध्यक्ष सहदेव गिरी रहेको श्री पशुपतिनाथ मन्दिरको कार्यक्रममा विशेष प्रवचन दिन आउनु भएको थियो।

बेलायत भ्रमणका शिलशिलामा विहिबार लण्डन आइपुग्नु भएकी माता श्रेष्ठले बेलायतका विभिन्न क्षेत्रमा धार्मिक कथा प्रवचन गर्नु हुने भएको हो ।

आउंदो मार्च ३ तारिख आइतबारका दिन प्लमस्टिडमा रहेको राधाकृष्ण मन्दिरमा कार्यक्रम तय भएको छ ।यसैगरी लण्डनको ह्यारो,अल्डरसट, साउथहल, प्लमस्टिड लगायतका स्थानमा धार्मिक कथा प्रवचन दिने कार्यक्रमहरु तय भएको  र त्यसअवसरमा माता श्रेष्ठले धार्मिक कथा प्रवचन गर्नुका साथै भजन कृतनको समेत कार्यक्रम रहको कार्यक्रम संयोजक एबम व्यवस्थापक केदार तिमल्सिनाले जानकारी गराउनु भयो ।

विदुषी माता श्रेष्ठ २०३३ सालमा काठमाडौंको साखु सालिनदीमा जन्मनु भएको हो, उहाँ करिब २० बर्ष अगाडिदेखि श्रीमद्भभागवत वाचन गर्दै आउनु भएको छ ।

तारतम वाणी , भागवत पुराण, वेद, गिता लगायत हिन्दु शास्त्रहरुको विशिष्ट अध्यन गर्नु भएकी माता देवीले आफ्नो कार्यक्रमको संकलित रकम बाट भौतिक निर्माण क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउदै आउनु भएको छ । नेपालमा मात्र नभई बिदेशका करिब २७ रास्ट्रमा आफ्नो धार्मिक कार्यक्रम गरिसक्नु भएको छ ।

अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वाचन साधिका विदुषी माता श्रेष्ठ थाईलैण्डमा अन्तरास्ट्रिय अवार्डबाट सम्मानित हुनु भएको हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *