गच्छदारले फेरि भने, ‘८ प्रदेश हुनुपर्छ’

इनरुवा, ४ माघ । परिर्माजनसहित संविधान संशोधन नभएसम्म निर्वाचन सम्भव नरहेको मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले बताउनु भएको छ ।

मधेसी जनाधिकार फोरम क्षेत्रीय समिति क्षेत्र नम्बर ४ सुनसरीले सुनसरीको मध्यहर्षाही गाविसमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष गच्छदारले जनताको माग र अधिकार सुनिश्चित नभएसम्म निर्वाचन नहुने र त्यसका लागि संविधान परिमार्जनसहित संशोधन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

गच्छदारले संविधान संशोधन र निर्वाचन नभएसम्म मुलुकमा अस्थिरता कायम रहने भएकाले पहिला संशोधन र त्यसपछि निर्वाचन गर्नुपर्नेमा जोड दिनु भयो ।

उहाँले वर्तमान सरकारमा फोरम लोकतान्त्रिक जाने कुरा हल्ला मात्रै भएको बताउनु भयो । उहाँले संविधान संशोधन गरी सात प्रदेशबाट आठौं प्रदेश बनाउनुपर्ने तर्क गर्नुभयो ।