मगर संघ यूकेको माघे संक्रान्ती सम्पन्न ,गरिव विद्यार्थीको उच्च शिक्षाका लागि अक्षयकोषमा ८२५ पाउण्ड संकलन

pic1

लन्डन– मगर संघमगर संग युके को यू॰एच॰एस॰बी॰साखा ले माघे संक्रान्तिका अवसरमा बेलायतमा एक कार्यक्रम आयोजना गरेको छ ।

१४ जनवरीमा भएको कार्यक्रममा अल्डरसट, केयाम्ब्रली, फान्ब्रोलगायतका स्थानबाट सहभागिता भएको थियो । सन् २००९ देखि प्रत्येक वर्ष माघे संक्रान्तिका अवसरमा विशेष पौराणिक पितृ पूजा आयोजना गरिंदै आएको छ । यसको सुरुवात तत्कालिन अध्यक्ष सुनिल रानाले गरेका हुन् ।

वार्षिक भेला तथा विशेष पौराणिक पितृ पूजा संस्थापक उपाध्यक्ष ओमप्रसाद थापा काउचाले हरेक वर्ष सञ्चालन गर्दै आएका छन् । मगर संघ यूकेले गरिव मगर विद्यार्थीको विद्यावारिधी (पीएचडी) अध्ययनका लागि एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्न आर्थिक संकलन गरिरहेको छ ।mag1

यसै बिच निवर्तमान अध्यक्ष दुत पुनको कार्यकाल बाट सुरू गरेको एक अती परोपकारी पुन्य कार्य नेपाल का गरीव निमुखा मगर बिधार्थीहरू लाई अध्यन को निम्ती केही आर्थीक सहयोग संक्लनमा नेम थापाको कार्यसमितिले समेत गरेर अहिलेसम्म झण्डै ७५ लाख रुपैयाँ संकलन भइसकेको संस्थापक उपाध्यक्ष ओमप्रसाद थापा काउचाले जानकारी दिए । यसपल्ट पनि ८२५.५८ पाउण्ड संकलन भएको छ ।

शाखा अध्यक्ष लेख रानाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव वीर बलालले गरेका थिए ।

मगर संघका केन्द्रीय महासचिव लाल पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पितृ पूजाको कार्यक्रम भने ओमप्रसाद थापाले सञ्चालन गरेका थिए । कार्यक्रममा सुर्ज थापा, गणेश थापा र लछुमान रानालगायतले विधिपूर्वक पूजाआजा गरेका थिए ।m1

मगर महिला संघ यूकेका अध्यक्ष श्रीमती छविमाया पुन, शाखा कमिटी अध्यक्ष श्रीमती पदम थापालगायतले माघे संक्रान्तिको प्रसाद ग्रहण गराएका थिए ।

कार्यक्रममा नौमती मंगल धुनसहित पूजा विसर्जन गरिएको थियो भने लछुमान रानालगायतले सांगीतिक मनोरञ्जन दिलाएका थिए ।h1

कार्यक्रममा संस्थाका सल्लाहकार हरि थापा, पूर्वअध्यक्षद्वय कुल थापा, दुत पुन, संस्थापक अध्यक्ष सुनिल राना, निवर्चमान अध्यक्ष के.रि टाम ढेगा, सल्लाकारहरु गोमा राना, बेल बुढाथोकी, नरमती पुनलगायतको उपस्थिति थियो ।

अल्डरसट प्यालेस रेस्टुरेन्ट एन्ड बारमा भएको कार्यक्रममा स्वादिस्ट खानपिनको संयोजक ऋषिराम राना र कृष्ण गापाले संयोजन गरेका थिए ।