झन् चिढियो एमाले : प्रचण्ड र ओली, देउवा र बामदेववीच चर्काचर्की

k|d'v tLg bn 5nkmn;efd'v cf]g;/L 3tL{sf] kxndf ;f]daf/ Joj:yflksf–;+;b ;lrjfnodf k|d'v tLg bnsf] 5nkmndf k|wfgdGqL k'iksdn bfxfn, g]kfnL sfFu|];sf ;efklt z]/axfb'/ b]pjf nufot . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ – संसद्को गतिरोध अन्त्य गर्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको सामेबार बसेको बैठक बिनानिश्कर्ष टुंगिएको छ । संविधान संशोधन विधेयकबारे सत्तापक्ष र प्रतिपक्षले आ–आफ्नो अडान नछाड्दा बैठक निश्कर्षविहिन बनेको हो ।
बैठकमा शीर्ष नेताहरुबीच चर्काचर्कीनै परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले निरन्तर संसद् अवरोधको आलोचना गरेपछि नेकपा एमाले अध्यक्ष केपी ओलीले पनि त्यसको प्रतिवाद गर्दै ‘प्रधानमन्त्रीको ओहदामा बसेर अशोभनीय अभिव्यक्ति नदिन’ सचेत गराएका थिए ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले उपाध्यक्ष बामदेव गौतमबीच पनि चर्को बाद प्रतिवाद भएको छ । बैठकमा कांग्रेस नेता रामचन्द्र पौडेलले भने देउवाभन्दा फरक धारणा राखेका थिए ।

एमालेले हिजो बसेको बैठकमा संशोधन प्रस्ताव फिर्ता लिए मात्र सहमति हुने स्पष्ट पारेको छ ।