कोदारी नाका छिट्टै खुल्छ, अरु नाका पनि खोलौँ : चीन

k|wfgdGqL k'iksdn bfxfn k|r08;Fu lrlgofF sDo'lgi6 kf6L{sf] s]Gb|Lo ;ldlt tyf k|sfzg ljefusf k|d'v tyf pQm kf6L{sf] /fhgLlts ;lrjfnosf ;b:o No' l5kfcf]n] k|wfgdGqL lgjf; afn'jf6f/df e]6jftf{ ub}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ – चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य तथा प्रचार विभागका प्रमुख लिउ छिपाओले भूकम्पपछि बन्द कोदारी राजमार्ग जतिसक्दो छिटो सञ्चालन गरेर नेपाल–चीन सम्बन्धको आधारलाई संरक्षण गर्ने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी कोदारी नाका दिगो सञ्चालन हुने गरी पुनर्निर्माण आरम्भ गर्न आफ्नो सरकार लागि परेको जानकारी दिएको छ ।
उनले नेपालको पूर्वाधार विकासमा चीनले निरन्तर सहयोग गर्दै जाने बताए ।

लिउले नेपाल र चीन जोड्ने नकाबारे चीन अत्यन्तै सकारात्मक रहेका र क्रमैसँग जतिसक्दो धेरै नाका खोलेर काम अघि बढ्नुपर्नेमा जोड दिए ।

लिउले नेपालको जस्तो सुकै विकास प्रक्रियामा सहयोग गर्न चीन तयार रहेको भेटवार्तामा बताएका थिए ।