राष्ट्रपति डा. रामवरण यादव र संविधानसभाका अध्यक्ष सुवास नेम्बाङबीच आगामी माघ ८ मा संविधान जारी नभए के गर्ने भन्नेबारेमा छलफल भएको छ । शीतल निवासमा बुधबार बिहान भएको भेटमा राष्ट्रपतिले तोकेको समयमा संविधान जारी नभए कस्तो परिस्थिति आउँछ ? भनेर जिज्ञासा राखेका थिए ।
जवाफमा नेम्वाङले दलहरुबीच विषय र प्रक्रिया दुबैमा सहमति नभएकाले माघ ८ मा संविधान आउने सम्भावना टरेको जानकारी गराएका थिए । सभाध्यक्ष नेम्वाङले अब आफू दलहरुले नै बनाएको नियमावलीअनुसार अघि बढ्ने जानकारी राष्ट्रपति यादवलाई गराएको पनि बताइएको छ । राष्ट्रपति र सभाध्यक्षबीचको भेटवार्ताको समाचार संकलन गर्न पुगेका सन्चारकर्मीलाई दुब्र्यवहार गरिएपछि सन्चारकर्मीहरुले दृष्य संकलन भने गरेनन् ।
‘माघ ८ मा संविधान आउने सम्भावना टर्यो’






