लन्डनमा हिमालयन म्युजिकल नाइट

himalayaलन्डन- हिमालयन इन्टरटेन्मेन्ट ग्रुपले लन्डनको स्विडनमा नेपाली सांगीतिक कार्यक्रम आयोजना गरेको छ । स्विडनको वेभर्न थिएटरमा भएको यो पहिलो नेपाली कार्यक्रम हो । ६ सय ५० सिट भएको यो थिएटर त्यहाँको प्रमुख थिएटरमध्ये मानिन्छ ।

स्विडनको वेभर्न थिएटरपछि यी कलाकारले बेलायतकै विलविचमा जुलाई २९ र ३१ तारिखमा अल्डरसटको ‘किङ्स थिएटर’मा पनि सांगीतिक कार्यक्रम गर्ने कार्यक्रम रहेको आयोजक मध्येका एक एलबीजेड गुरुङ (रविन)ले जानकारी दिनुभयो । उहाँले कार्यक्रममा सहभागिता जनाउन बेलायतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई अनुरोध गर्नुभयो ।

kalakarस्विडनको वेभर्न थिएटरमा भएको सांगीतिक कार्यक्रममा गायक धर्मेन्द्र सेवानले गीतिएल्बम ‘राष्ट्रको गीत’को पहिलो अनौपचारिक विमोचन पनि गरे । यो सेवानको तेस्रो एल्बम हो ।

कार्यक्रममा नेपालबाट आएका गायक सेवान, हास्य कलाकार सन्दीप क्षत्री, गायिका श्रेया सोताङ र नायिका रिस्मा गुरुङले प्रस्तुति दिनेछन् ।