बेलायत आइपुग्यो, आइडलको टोली विमानस्थलमा भब्य स्वागत[फोटो फिचर]

शिव भण्डारी

लन्डन– बेलायतका विभिन्न सहरमा प्रस्तुति गर्न नेपाल आइडलको सांगीतिक टोली बेलायत आइपुगेको छ । पहिलो नेपाल आइडल बुद्ध लामा, फस्ट रनर अप निशान भट्टराई, सेकेण्ड रनर अप प्रताप दास र टप टेनमा पर्न सफल प्रतिस्पर्धी प्रमिला राई बुधबार बिहान लण्डन उत्रिएका छन् । उनीहरुका साथमा आएका नेपाल आइडलका उद्घोषक सुशील नेपाल र गायक विवेक श्रेष्ठलाई आयोजकले विमानस्थलमा स्वागत गरेको छ ।

स्वागतका लागि आयोजक मनकामना रेमिटका प्रबन्ध निर्देशक राजाराम गिरी, तमुधीं यूकेका अध्यक्ष ज्ञाम गुरुङ,यती एसोसिएसनका पूर्वअध्यक्ष उमेश मोक्तान, सपन इन्टरटेन्मेन्टका निर्देशक सपन राई, डार्टफोर्ड नेपाली समाजका अध्यक्ष दिपक थापा पत्रकार नबिन पोख्रेल, धुर्ब अर्याल ,कुशल श्रेष्ठ लगायत हिथ्रो विमानस्थलको टर्मिनल ४ मा पुगेका थिए ।

मनकामना रेमिट, पोखरा ट्राभल र मुनटाज इन्टरनेसनलले संयुक्त रुपमा नेपाल आइडल ‘लाइभ इन यूके’ आयोजना गर्न लागेका हुन् । यो कार्यक्रमको पहिलो शो यहि शुक्रबार नोभेम्बर ३ मा अल्डरसटको एम्पायर हलमा, नोभेम्बर ४ शनिबार फोक्सटन ,नोभेम्बर ५ आइतबार ह्यारोमा, नोभेम्बर ११  रेडिङमा भने अन्तिम शो नोभेम्बर १२ आइतबार प्लमस्टिडमा हुनेछ ।

कार्यक्रमका हरेक शोहरुको लागि अग्रिम टिकट लिनेलाई २० पाउण्ड र ढोकामा लिनेलाई २५ पाउण्ड लाग्नेछ । १० देखि १५ वर्षसम्मका बालबालिकालाई भने १५ पाउण्ड मात्र लाग्नेछ । सबै शोहरु पूरा गरी कलाकारहरु नोभेम्बर १५ मा नेपाल फर्किने कार्यक्रम छ । स्थलगत भिडियो हेर्नुस–