एनआरएनए उपाध्यक्ष भवन भट्टलाई बेलायतमा स्वागत तथा सम्मान

13875034_10206827488754627_135660595_nलन्डन । गैर आवासीय नेपाली संघ बेलायतले आफ्नो केन्द्रिय उपाध्यक्ष भवन भट्टलाई एक कार्यक्रमबीच स्वागत तथा सम्मान गरेको छ । अल्डरसटस्थित एम्पायर बैंक्यूटिङ हलमा मंगलबार सांझ कार्यक्रम गरिएको हो ।
कार्यक्रमका सभापति एवं गैर आवासीय नेपाली संघ बेलायत अध्यक्ष मुछेत्र गुरुङ, एनआरएनए आइसीसी सल्लाहकारहरु विश्व आदर्श पण्डित र मेजर रि. डमर घले, एनआरएनए युरोप कोअर्डिनेटर कुल आचार्य, उपाध्यक्षहरु हिराधन राई, कुमारी गुरुङ र शान्ति थापा कुंवर, एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङ, ग्रेटर रसमोर नेपलिज कम्युनिटी महासचिव रन्जिता मल्ल, एनआरएनए यूके आइसीसी सदस्यहरु सुष्मा राई, संगिता मरहट्ठा, प्रवक्ता खुशी लिम्बु, इभेन्ट अर्गनाइजर बीरेन खड्का लगायतले प्रमुख अतिथी एवं केन्द्रिय उपाध्यक्ष भट्टलाई पुष्पगुच्छा र खादाले स्वागत तथा सम्मान गरे ।

जुलाइ अन्तिम साता डेनमार्कमा हुन गइरहेको ९ औं क्षेत्रीय 
युरोपियन सम्मेलनमा भाग लिन जाने क्रममा भट्ट पहिलो पटक यूके आइपुगेका हुन् ।
कार्यक्रममा आइसीसी सल्लाहकारहरु विश्वआदर्श पण्डित र मेजर रि. डमर घले, एनआरएनए युरोप कोअर्डिनेटर कुल आचार्य, एनआरएनए यूके आइसीसी सदस्य संगिता मरहट्ठा, एनआरएनए यूके पूर्व अध्यक्षहरु सूर्य गुरुङ र योगेन क्षेत्री लगायतले मन्तव्यका क्रममा भट्टलाई स्वागत गर्दै उनको बेलायत बसाइ सुखद रहोस् भन्ने कामना गरेका थिए ।

 

प्रमुख अतिथी भट्टले एनआरएनए अभियानले विदेशभर फैलिएका नेपालीबीच आपसी परिचय, एकता, समर्पण र अनुभव बांड्ने अवसर प्रदान गरेको बताए । भट्टले गैर आवासीय नेपालीहरु समृद्ध नेपाल बनाउने अभियानका योद्धा भएको बताउंदै संघमाथि थप जिम्मेवारी बढिरहेको उल्लेख गरे । उनले खादा संस्कृति, अतिथी आसन परम्परा र लामो भाषण अन्त्य गर्न समेत आग्रह गरे ।

संघका सचिव कृष्ण तिवारीले सञ्चालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष योगकुमार फगामीले स्वागत मन्तव्य तथा हेल्थ एण्ड सेफ्टीबारे अवगत गराएका थिए ।

कार्यक्रममा एनआरएनए यूके आइसीसी सदस्यहरु सुष्मा राई, कृष्ण तिमिल्सिना, जयप्रकाश गुरुङ र विश्वासदीप तिगेला, एनआरएनए यूके सल्लाहकारहरु रामचन्द्र (सूर्जे) गुरुङ, हितकाजी गुरुङ, एकेन्द्र गुरुङ, ग्रेटर रसमोर नेपलिज कम्युनिटीका वरिष्ठ उपाध्यक्ष जीव बेल्वासे, महासचिव रन्जिता मल्ल, यती एसोसिएसन महासचिव बाचस्पति रेग्मी, गोर्खाली समाज यूकेका राजेन्द्र गुरुङ, नन्दकुमारी गुरुङ, थर्क सेन लगायतको उपस्थिति थियो ।13654249_10207077221830131_5121025167624780903_n