लण्डन । बेलायतमा आफनो कार्यकाल सकिएर नेपाली फर्किन लागेका कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीलाई गुल्मी जिल्ला समाज यूकेले एक कार्यक्रमकाबीच बिदाई गर्ने भएको छ ।
आउंदो शनिबार जुन २५ को दिउंसो १ बजे अल्डरसटस्थित निरमाया रोधीघरमा क्षेत्रीको बिदाई कार्यक्रम तय गरिएको छ । सोहि कार्यक्रममा क्षेत्री समाज बेलायत र ग्रेटर रश्मोर नेपाली कम्युनिटीले पनि कावा राजदूत क्षेत्रीको बिदाई गर्ने भएका छन् ।
सो कार्यक्रममा अहिले बेलायत भ्रमणमा रहेका वरिष्ट लोकगायक बमबहादुर कार्की र गायिका शिवा आले पनि सहभागी हुने गुल्मी जिल्ला समाज यूकेका महासचिव शिव भण्डारीले जानकारी दिए ।
त्यसक्रममा कार्की र आलेलाई समाजले बेलायतमा स्वागत तथा सम्मान गर्नुका साथै उनीहरुले केहि सांगीतिक प्रस्तुति पनि गर्नेछन ।
कार्यक्रममा उपस्थितिका लागि समाजका अध्यक्ष राम गलामीले बेलायतबासी गुल्मेलहिरुसहित सबैमा आव्हान गरेका छन ।
चार वर्षे कार्यकाल पूरा गरी कावा राजदूत क्षेत्री यहि महिनाको अन्त्यमा नेपाल जांदैछन ।![13535804_10206601959196529_808821403_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/06/13535804_10206601959196529_808821403_n1.jpg)






