बेलायतबाट गुल्मीका क्यान्सरपीडित बालकलाई दुई लाख बढिको सहयोग

anmolukhelp[1]लण्डन । गुल्मी मजुवाका क्यान्सरपीडित अढाई बर्षे बालक अनमोल थापाको उपचारमा सघाउन बेलायतबाट दुई लाख रुपिया बढिको आर्थिक सहयोग पठाइएको छ ।

थापाको गाउं आसपासका क्षेत्रबाट अहिले बेलायतमा आएर बसोबास गरिरहेकाहरुको विशेष पहलमा बेलायतमा संकलित २ लाख १२ हजार २ सय रुपिया बुधबार पीडित बालकको परिवारलाई हस्तान्तरण गरिएको छ । अनमोल उपचाररत काठमाडौंको कान्ति बाल अस्पतालमा बुधबार दिउंसो मजुवास्थित टिकाराम मानका बहुमुखी क्याम्पसकी पूर्व उपप्राध्यापक शिखा अर्यालले सहयोग रकम उनका पिता रामु थापालाई हस्तान्तरण गरेकी थिइन ।

लण्डनमा बस्दै आएका मजुवाका उमेश अर्यालको संयोजनमा बेलायतमा सो सहयोग रकम संकलन भएको थियो ।

रक्तक्यान्सर पीडित अनमोलको उपचारका लागि आवश्यक ठूलो रकम जुटाउन थापा परिवारको उपाय नलागेपछि उनीहरुले सहयोगका लागि सार्वजनिक याचना गरेका थिए ।

अनमोलको उपचारमा सघाउने उद्धेश्यले जापान, अष्ट्रेलिया लगायतका देशबाट पनि सहयोग संकलन गरिएको छ । तर आवश्यक रकम अझै जुट्न बांकी रहेकाले सहयोगका लागि परिवारले सबैमा अपील गरेको छ