अफगानिस्तान, लिबिया, सिरिया र इराकमा कामदार पठाउन रोक

singha durbarकाठमाडौं- सरकारले अफगानिस्तान, लिबिया, सिरिया र इराकमा नेपाली कामदार पठाउन रोक लगाएको छ ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले तीन मुलुकमा जान प्रतिबन्ध लगाएको हो । आन्तरिक द्वन्द्वका र आतंकवादी आक्रमण लगायतको जोखिम भएकाले ती मुलुक जान रोक लगाउने निष्कर्षमा सरकार पुगेको हो ।

तीन दिन अघि १३ जना नेपालीको अफगानिस्थानको काबुलमा तालिबानीले गरेको आक्रमणमा परी ज्यान गएको थियो ।

मन्त्रिपरिषद्ले उक्त घटनामा परि ज्यान गुमाउनेका परिवारलाई १०-१० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । घाइतेको उपचार पनि सरकारले गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए ।

लगानी बोर्डमा अधिकारी

त्यस्तै, लगानी बोर्डको कार्यकारी निर्देशकमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । अधिकारी राष्ट्र बैंकका पूर्व डेपुटी गर्भनर हुन् ।