लन्डन- बेलायतको संसद भवन अगाडि पार्लियामेन्ट स्क्वायरमा बुद्ध जयन्ती मनाइने भएको छ ।
शुक्रबार साँझ ५:३० देखि ८:०० बजेसम्म पार्लियामेन्ट स्क्वायरमा मनाउन लागिएको बुद्ध जयन्ति कार्यक्रमलाई नेपाली राजदूतावास बेलायत, बेलायती सांसदहरु, विभिन्न संघसंस्था र त्यसका प्रतिनिधि लगायतको उपस्थिति रहने आयोजकले जनाएको छ ।
बुद्ध जयन्तीका लागि करिब ६ दर्जन नेपाली संघसंस्थाहरु र एक दर्जन भन्दा बढी बेलायतबाट सञ्चालित सञ्चार माध्यमहरुले ऐक्यबद्धता जनाइसकेका छन् ।
कार्यक्रममा, नेपाली राजदुतावासका प्रतिनिधि, बेलायती सांसद वीरेन्द्र शर्मा, सांसद सीमा मलहोत्रा, कान्सिलरलगायत बुद्ध धर्म गुरु लामा पाल्देन तामाङ, संघसंस्थाका प्रतिनिधि, सर्वसाधारणको उल्लेखनीय सहभागिता हुने बताइएको छ ।






