काठमाडौं– त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षामा उत्कृष्ट विद्यार्थीलाई दरबन्दीमै रोजगारी दिने भएको छ ।
विश्वविद्यालयले अब टपर विद्यार्थीलाई विश्वविद्यालयभित्रै उपप्राध्यापकको रोजगारी दिने र अनुसन्धानमूलक कार्य गराउने नीति ल्याउँदैछ ।
वैशाख ९ गते बस्ने त्रिवि सभाले सो नीति पास गरी कानुनी मान्यता दिने तयारीसमेत त्रिविले गरेको योजना महशाखा प्रमुख ऋदिशकुमार पोखरेलले बताए ।
विश्वविद्यालयका योजना महाशाखा प्रमुख पोखरेलले विश्वविद्यालयले विद्यार्थीको क्षमताको कदर गर्दै विश्वविद्यालय नियममा संशोधन गरी आगामी वर्षदेखि लागू हुने गरी उत्कृष्ट विद्यार्थीलाई सम्मान स्वरुप विश्वविद्यालयमै रोजगारीको व्यवस्था गर्न लागेको जनाए ।






