लन्डन- नेपाली जनसम्पर्क समिति बेलायतले आगामी आइतबार हुने अधिवेशनमा सक्रिय सहभागिता जनाउन अपिल गरेको छ ।
अधिवेशन तयारी समितिका संयोजक शान्तविनोद लामिछानेले शुक्रबार एक अपिल प्रकाशित गर्दै बेलायतस्थित नेपाली कांग्रेसका सम्पूर्ण नेताहरु, जनसम्पर्क समिति बेलायतका पूर्वसल्लाहकारहरु, पूर्व तथा बर्तमान पधाधिकारीहरु, क्षेत्रीय सभापतिहरु र सम्पूर्ण क्रियाशील सदस्यलाई अपिल गर्नुभएको छ ।
लामिछाने केन्द्रीय कार्यालयका सचिव ऋषिकेश तिवारीले अधिवेशन गर्न फागुन १ र ३ गते परिपत्र गरेको जानकारी दिंदै पार्टीबाट स्वीकृत क्रियाशील सदस्यहरुबाट गरिने स्वतन्त्र अधिवेशनमा सहभागिता जनाउन आग्रह गर्नुभयो ।
अधिवेशनमा आगामी फेब्रुअरी २१ तारिख आइतबार अपरान्ह १२ बजेदेखि ३ बजेसम्म सिविल इञ्जिनॆएर बार-ब्लु अर्किड रेस्टुरेण्ट्मा हुने जनाइएको छ ।
बेलायतस्थित कांग्रेस नेता पण्डित चिरञ्जीवी ढकाल सचिव विश्व घिमिरे, क्षेत्रीय सभापति सूय नेम्वाङ,सल्लाहकार महेश दाहाल, उपसभापति विजन भट्ट बिकास देबकोटा कांग्रेस नेतृ कुमारी गुरुङ,नेविसंघ यूकेका कार्यवाहक अध्यक्ष गणेश दाहाल सहित को एक सयुक्त आपिल गरेका छन् भने
कार्यक्रमको संयोजन कांग्रेस विदेश विभाग सदस्य विज्ञान प्रसाईं ले गर्ने छन् अपिल मा व्यापक सहभागिता जनाऔ , काँग्रेस एकतालाई प्राथमिकता दिऔ भनीएको छ रेडियो राहिनोले बिस्वब्यापी प्रत्यक्ष्य प्रसारण गर्ने छ !
जनसम्पर्क समितिले पूर्वप्रधानमन्त्री सुशील कोइरालाको १३ औं दिनको पुन्यतिथिमा आयोजित श्रद्धाञ्जली सभा दिनको ठिक १२ बजे आयोजना गरिएकोले उपस्थित हुन पनि आग्रह गरेको छ ।






