एनआरएनएमा को-को भए नयाँ सल्लाहकार ?

nrnलन्डन- गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को सल्लाहकारमा थप १० जना मनोनित भएका छन्। शनिबार सम्पन्न आईसीसीको ५२ औं बैठकले थप १० जनालाई सल्लाहकारका मनोनित गरेको हो।

वैठकले टीबी कार्की-कतार, रतन झा- अमेरिका, मन केसी- अष्ट्रेलिया, डम्बर घले- यूके, राधा बस्नेत-क्यानाडा र शंकर पौडेल (मलेसिया) लाई सल्लाहकारमा मनोनित गरेको हो।

यस्तै नेपालमा रहेका डा. जगत भुर्तेल, विश्वकान्त मैनाली, डा. गणेश गुरुङ र पशुपति मुरारकालाई पनि सल्लाहकारमा मनोनित गरिएको प्रवक्ता रन्जु वाग्ले थापाद्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ।

यस अघि गत नोभेम्बर १५ मा सम्पन्न बैठकले ११ जनालाई अन्तराष्ट्रिय समन्वय परिषदको सल्लाहकारमा मनोनित गरेको थियो।

NRNA l