गुल्मी जैसीथोक-९
श्रीमान बितेपछि सिता भूसालको जीवनमा आयो बज्रपात गुल्मी- सानो घर । श्रीमती र चार छोराछोरी । तिनलाई छाडेर कामका लागि एक महिनाअघिमात्रै नयाादिल्ली पुगेका खिमानन्द भूसाल फर्किएनन् ।
खिमानन्दको दिल्लीमै प्राणघातक रोगले निधन भयो । गुल्मीको जैसीथोक- ९ गोपेका खिमानन्द बितेपछि घरमा श्रीमती सिता र चार छोराछोरीको बिजोग भएको छ ।
एक महिनाअघिमात्रै नवजात शिशुको सुत्केरी भएकी सिताका आाशु अझै रोकिएका छैनन् । ‘नानीको न्वारामा आउनुहुन्छ होला नि भनें,’ सिताले रुदै श्रीमानलाई भनेको सुनाइन्, ‘न्वारान दाजुले गर्नुहुन्छ, अहिले म आउँदिन भन्नुभयो ।’
रोग र ऋणबारे कहिल्यै परिवारलाई नभनेका खिमानन्दको मृत्युको खबरले पूरै परिवार शोकमा छ । एकातिर परिवार पाल्ने मुली बितेपछि घर चलाउन हम्मे भएको छ, अकोर् तिर एक महिनाको शिशु जोगाउन सितालाई धौधौ परेको छ ।
भएको तीन रोपनी जमिन बन्धकीमा छ । लिएको ऋण नतिरेसम्म जग्गा आफ्नो हुँदैन ।
वैशाख १२ गतेको भूकम्पले घर खण्डहर छ । बाँसले छेके पनि हावापानी अडिंदैन ।
खिमानन्दका छिमेकी चुणामणि कोइरालाले अहिलेसम्म चन्दा उठाएरै किरिया खर्च जुटाए पनि दीर्घकालीन सहयोगको खाँचो औंल्याए । उनले देशविदेशमा रहेका सम्पूर्ण गुल्मेली र नेपाली दाजुभाइलाई सहयोगका लागि अपिल गरेका छन् ।
स्थानीय विद्यार्थी नेता अर्जुन पोखरेलले पनि सबैको सहयोग भएमात्रै सिताको सास अडिने भन्दै अन्यथा एउटा अबला नारीको बिजोग हुने बताए !
अडियो सहित ( ओझेलका खबरमा प्रेम सुनार संग को कुराकानी )
https://youtu.be/m-9b6m1VQiI







![12620641_10205559814863572_467141775_o[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/01/12620641_10205559814863572_467141775_o1-1024x556.jpg)