फ्रान्समा हिमपहिरोमा पाँच सैनिकको मृत्यु,६ जना घाइते

france12

फ्रान्स  । फ्रान्समा हिमपहिरोमा परी पाँच जना सैनिकको मृत्यु भएको छ । अल्प्स हिम शृङ्खलामा सैन्य अभ्यास गरिरहेका बेला पहिरो जाँदा उनीहरुको मृत्यु भएको हो ।

त्यसैगरी घटनामा अन्य ६ जना सैनिक घाइते भएका छन् । इटलीको सीमानजिक अल्प्स हिम शृङ्खलामा ५० जना सैनिकले अभ्यास गरिरहेका बेला ११ वटा हिमपहिरो गएको अधिकारीहरुले बताएका छन् ।

त्यसलगत्तै तालिमप्राप्त कुकर तथा हेलिकोप्टरको सहयोगमा उद्दार गरिएको थियो । हिम पहिरोमा पर्नेहरुमा फ्रेन्च फरेन लिजनका सैनिक हुन् । फ्रेन्च फरेन लिजन फ्रान्सेली सेनामा सामेल हुन चाहने विदेशी नागरिकका लागि गठन गरिएको हो ।

हिम पहिरोमा ज्यान गुमाएका तथा घाइते सैनिक कुन देशका नागरिक हुने भन्ने खुलाइएको छैन ।