बेलायतमा चर्चित सारङ्गी बादक म्याग्दीका हेमन्त कान्छा रसाईलीले सारङ्गी साँझ गर्दै, को हुन् उनि ?

लण्डन ।बेलायतको अल्डरसटमा चर्चित सारङ्गी बादक म्याग्दीका हेमन्त कान्छा रसाईलीले एकल सारङ्गी साँझ गर्ने भएका छन् ।

मन ट्राभलको आयोजनामा अल्डरसटस्थित एम्पायर हलमा सेप्टेम्बर १० शनिबार साँझ कान्छा रसाईलीको एकल सारङ्गी साँझ हुने भएको हो ।

नेपाली गीत सङ्गीत बजारमा डेढ दशक भन्दा बढि साङ्गीतिक यात्राको दौडान सङ्गै गाएक तथा चर्चित सारङ्गी बादक हेमन्त कान्छा रसाईली मोना युकेको प्रयोजन द्वारा साङ्गितिक भ्रमणको लागि बेलायतमा विभिन्न कार्यक्रमको शिलशिलामा बेलायत भ्रमण गरिरहेका छन उनले १२ हजार भन्दा बढी गीत हरुमा सारङ्गीको धुन भरेका छन ।

४ दर्जन भन्दा बढी गीतहरूमा आवाज सङ्गै सङ्गीत रचना उनी आफ्नो कला मार्फत विभिन्न सारङ्गीको धुन र गीत मार्फत बेलायत बासिलाइ मनोरञ्जन दिने तयारीमा जुटिरहेका छन, उनी गाएक मात्र नभै सारङ्गी बादक भएको नाताले आफ्नो चलिरहेको कार्यक्रम सारङ्गी सङ्ग चर्चित कार्यक्रम छायङ्कन सङ्गै आफू र सङ्गै आएका गायिका बिमला श्रीष र गीता पाइजा मगरको प्रस्तुती रहने रसाईलीले लन्डन नेपाल न्युज लाई बताए ।

उनले पुर्ब देखि पश्चिम महाकाली सम्मका गीत हरुमा सारङ्गीको धुन सङ्गै उनले बजाएका चर्चित धुनहरु बजाउने र अहिले सम्म उनले गाएका बालापन, भाग्यमानी, किन होला खै, लाहुर, फुल रोको कस्ले देख्छर, कर्मै हाराको, रेलको ढोका बन लागएत झलक मान गन्धर्व  को सम्झनामा हे बरै जस्ता कालजयी गीत हरु गुन्जएमान हुने र कार्यक्रमको अन्तिम चरणमा बिमला र हेमन्त ले लाइभ दोहोरी गाई सबै दर्शक लाई नचाउने कार्यक्रम समेत रहेको उनले बताए ।

नेपाली लोक भाका र सारङ्गीको संरक्षण र सम्बर्द्धनमा अहोरात खटिरहेका हेमन्तले सबै बेलायत बासिलाइ उक्त कार्यक्रममा सहभागी भै नेपाली बाजा सारङ्गी लाई प्रोत्साहन गर्दिन हुन अनुरोध गरेका छन्।

म्याग्दीको मालिका गाउँ पालिका–४ चिउरीबोटमा जन्न्मेका हेमन्तले लन्डन नेपाल न्युज सँग भने ‘सारंगी कहिल्यै नमर्ने बाजा हो । हामीले नबजाएसम्म, नसुनेसम्म यसको जगेर्ना हुँदैन ।’ ‘नयाँ पिँढीलाई प्रोत्साहन गरिदिनुस्, यस्ता गीत र बाजाको संरक्षण यसै हुन्छ !’ हेमन्तले बजाएको ‘सारंगी भिडियो:

 

कार्यक्रम हुने मिति Date: Saturday 10th September 2022 Place: Empire Hall Aldershot GU11 1DJ Time: 4:45 PM सम्पर्क : हेमन्त कान्छा : 07501795016 बागबिर पुन : 07926578654 आयोजक : मन ट्राभल बागबिर पुन ।