प्रधानसेनापति र बेलायती सेनाका कमाण्डरबीच भेटवार्ता

rajendra chhetriकाठमाडौं– प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग बेलायती सेनाका कमाण्डर लेफ्टिनेन्ट जनरल जेम्स बसालले जङ्गी अड्डामा भेटघाट गर्नुभएको छ ।

उक्त भेटघाटका क्रममा प्रधान सेनापति महारथी क्षेत्री र बेलायती सेनाका लेफ्टिनेन्ट जनरल बसालबीच द्विपक्षीय आपसी हित तथा पारस्परिक विषयका सम्बन्धमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।