मधेस आन्दोलन सकिएलगत्तै भट्टराईको नयाँ पार्टी

baburam bhattaraiकाठमाडौं- एमाओवादीबाट राजीनामा दिएका बाबुराम भट्टराईले मधेस आन्दोलन सकिएलगत्तै नयाँ पार्टी घोषणा गरेका छन् ।

भट्टराईले मधेस आन्दोलन साम्य हुनासाथ नयाँ पार्टी घोषणा गरेर अघि बढ्ने बताए । उनले नयाँ शक्ति नयाँ विचारधाराका साथ अघि बढिरहेको उल्लेख गरे ।

एमाओवादीले आफूलाई बद्नाम गराउन नयाँ शक्ति पुराना कार्यकर्ता भर्ना गर्ने थलो भएको आरोप लगाएको बताउँदै उनले आफूहरुले कोहीकसैलाई कर लगाएर पार्टीमा लाग्न आग्रह नगर्ने स्पष्ट पारे ।