अमेरिकामा भारतीय नाकाबन्दीविरुद्ध प्रदर्शन

Rss_Images_1449331900543_AC-USA-Rally-2अमेरिका (क्यालिफोर्निया)- भारतले नेपालमा गरेको अघोषित नाकाबन्दीको विरुद्ध अमेरिकाको सानफ्रान्सिस्को सहरमा अमेरिकामा रहेका नेपालीहरुबाट शुक्रबार प्रदर्शन भएको छ ।

सयौँको सङ्ख्यामा उपस्थित प्रवासी नेपालीहरूको र्‍याली सिभिक सेन्टर युएन प्लाजाबाट सुरु भई बजार परिक्रमा गरेर पुनः सोही स्थानमा आएर विसर्जन भएको थियो ।

भारतीय बाणिज्य दूतावासमा बुझाउने ज्ञापनपत्र मणि पनेरुले पढेर सुनाउनुभएको थियो । समयाभावका कारण सोमबारमात्र भारतीय बाणिज्य दूतावास कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको संयोजक तथा एनआरएन अमेरिका, क्यालिफोर्निया च्याप्टरका अध्यक्ष पूर्ण बानियाँले जानकारी गराउनुभयो ।

क्यालिफोर्नियामा क्रियाशील नेपाली सङ्घसंस्थाले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा अमेरिकाका विभिन्न स्थानमा बसोबास गर्ने नेपालीहरूको उपस्थिति रहेको थियो ।