जेनी भट्टराई
लन्डन । एनआरएनए यूकको युवा भेला गत शनिवार सम्पन्न भएको छ । युवा संयोजक हरि आचार्यको नेतृत्वमा लन्डनस्थित ठमेल रेष्टुरेन्टमा भेला भएको हो ।
चांदनी ढकालको संयोजनमा भएको भेलामा बेलायतमै हुर्के बढेका युवा युवती सहभागी थिए । युवा संयोजक आचार्यले संघमा युवा सहभागिता बढाउन सके संस्थाको उद्देश्य र गरिमा पुरा हुने भएर यस्तो भेला परिकल्पना गरिएको जनाए ।
उनले यहींका नेपाली युवा युवतीमा नेपाल र नेपाली समुदायका लागि केही गरौं भन्ने भावना जागृत भएको जनाउंदै उनीहरुको त्यो उत्साह र जोसलाई सदुपयोग गर्न आफू सक्रिय भएको पनि बताए ।
बेलायतका प्रतिष्ठित विश्वविद्यालय अक्सपभोर्ड, क्यामब्रीजमा अध्ययनरत युवा युवती सहभागी भेलामा युवा सिप र ज्ञान नेपाल र नेपालीका हितमा कसरी सदुपयोग गर्न सकिन्छ भन्नेबारे छलफल भएको थियो ।







